मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा बैठकमा छलफल प्रारम्भ, भोलि फेरि बस्ने

नेकपा बैठकमा छलफल प्रारम्भ, भोलि फेरि बस्ने


काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बालुवाटारमा आज (मंगलबार) सुरु भएको बैठक सकिएको छ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेका प्रस्तावमाथि छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा औपचारिक र अनौपचारिक रुपमा छलफल भएको छ। दुवै अध्यक्षले बैठकमा आफ्नो धारणा राखेका र सचिवालय सदस्यहरु पनि बोलेका प्रवक्ता श्रेष्ठले बताए।

उनले पार्टीको संकट समाधानका लागि भोलिसम्म विभिन्न अनौपचारिक छलफल पनि हुने र दिउँसो १ बजे पुनः सचिवालय बैठक बस्ने जानकारी दिए।

पर्सि नेकपा स्थायी कमिटी बैठक बस्दैछ।