मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एकैदिन २४ जनामा कोरोना संक्रमण

अछाममा एकैदिन २४ जनामा कोरोना संक्रमण


छाम : जिल्लामा थप १८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा बाजुरामा ६ र अछामका १८ गरि २४ जनामा संक्रमण देखिएको हो ।

नयाँ कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिनेमा जिल्लाको मंगलसेन नगरपालिका १२ पुरुष ४ महिला गरि १६ जना रहेका प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए।

बिष्टका अनुसार कमलबजार नगरपालिका २ पुरुष र बाजुराको बुढिगंगा नगरपालिकाका ६ जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ६८ जनाकाे स्वाब परिक्षण गर्दा २४ जनामा काेराेना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।