मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी ह’त्या प्र’क’रण – प’क्रा’उ परेका ८ जना का’रागा’र च’लान

प्रहरी ह’त्या प्र’क’रण – प’क्रा’उ परेका ८ जना का’रागा’र च’लान


कैलाली : अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ह’त्या अभियोगमा प’क्राउ परेका ८ जना का’रागार चलान भएका छन्।

जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि ह’त्या अ’भि’योगमा पक्राउ परेका धनगढीकै ८ जना पुर्प’क्षका लागि का’रागार च’लान भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ह’त्या अभि’योगमा प’क्राउ परेका धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना का’रागार चलान भएको जानकारी दिए।

यस्तै २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना पनि का’रागार चलान भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद वेप’त्ता भएका थिए।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा वि’भ’त्स ह’त्या गरेको अवस्थामा भेटिएका थिए भने दुई दिनपछि साउद पनि मोहना नदीमै ह’त्या गरेकै अवस्थामा फेला परेका थिए।

प’क्राउ परेकाहरुले तस्करीको मटरमा अवरोध पुगाएपछि घरे’लु ह’तियरको प्रयोग गरी प्रहरीको ह’त्या गरेको स्वी’कार गरेको प्रहरीले बताउँदै आएको छ। दिनेश खबर