अछाम : रेडियो जनप्रिय एफएमको कार्यकारी निर्देशकमा हालका स्टेशन म्यानेजर तपेन्द्र कुँवर नियुक्त भएका छन् । सामुदायिक सञ्चार विकास तथा अध्ययन केन्द्रको वैठकले कुँवरलाई संस्थाको सचिव र रेडियोको कार्यकारी निर्देशक चयन गरेको सञ्चालन समितिका अध्यक्ष प्रकाश शाहले जानकारी दिए।
अहिलेका कार्यकारी निर्देशक पुष्पराज भट्टले राजीनामा दिएपछि कुँवर कार्यकारी निर्देशक चयन भएका हुन् । कुँवर तीन वर्षदेखि रेडियो जनप्रिय एफएमको स्टेशन म्यानेजर तथा १३ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।
कार्यकारी निर्देशक कुँवरले कैलालीका दिनेश एफएम, सुन्दर सन्देश दैनिक, मर्निङ वेल लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ। सुदूरआजलाई प्रतिक्रिया दिदै कुँवरले रेडियोका कार्यक्रमलाई श्रोतामा मन जित्ने गरी परिमार्जित गर्दै लैजाने प्रतिवद्धता जनाए।
कुँवर प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन।
प्रतिक्रिया