मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता रामचन्द्र पाैडेल प’क्राउ

कांग्रेस नेता रामचन्द्र पाैडेल प’क्राउ


तनहुँ – तनहुँमा पुल उद्घाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । व्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषे’धाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुग्नुभएका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको हो । प्रहरीले सुरक्षाका लागि उनलाई प्रहरी कार्यालय लगेको बताएको छ । नेता पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

पुल उद्घाटनका विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्मलाई निषे’धाज्ञा लगाइएको थियो । एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरो’धमा उत्रँदा हुन सक्ने झ’डपको स्थितिलाई विश्लेषण गरी नि’षेधाज्ञा लगाइएको प्रशासनको सूचनामा उल्लेख छ ।

कार्यक्रम रोक्न माग गर्दै युवा सङ्घले दमौलीमा मोटरसाइकल र्‍या​’लीसहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घ अध्यक्ष बस्याल, नेकपा व्यास नगरपालिका–१ का अध्यक्ष ज्ञानेन्द्र बसौला लगायत छन् ।