मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौबीस घण्टामा ९ संक्रमितको मृ’त्यु, १४९० संक्रमित थपिए

चौबीस घण्टामा ९ संक्रमितको मृ’त्यु, १४९० संक्रमित थपिए


काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ९ कोरोना संक्रमितको मृत्यु भएको हो । 

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५३८ पुगेको छ । 

२४ घण्टाको अवधीमा १ हजार ४९० कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । 

पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ५६७ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख १८ हजार १६१ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ पुगेको छ । १६ हजार ५४७ आइसोलेसनमा बसेका छन् भने ६०५ जना क्वारिन्टिनमा छन् ।