मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाहिएको बेला पाइएन, भो अब चाइएन !!

चाहिएको बेला पाइएन, भो अब चाइएन !!


  • प्रेम खड्का

आफ्नो सधैको नृत्यकर्म आज गर्न नसक्ने हालतमा आफू पुगिसकेको थाहा पाएपछी, एक बिहान कालेकि आमाले आट गरिन, “ए हजुर, उठ्नु न गोठ मा भैसिले न्यार (खाना) खोजेजस्तो छ। “त जा न, मेरो निन्द्रा बर्बाद हुन्छ।” हुकुमे शैली मा कालेको बुवा चिच्यायो। अझ बहश गर्ने आट कालेकी आमामा आएन। धेरै बोलेमा पिटाइ खाइन्छ कि भन्ने मनमा डर छ। आठ महिनाको बच्चा पेटमा हुदा, सकि नसकि कालेकी आमा उठिन।

बेलुका पेटभर खान नपाएकाले होला उन्ले आफ्नो शरीर उभ्याउने ल्याकत नै राख्न सकिरहेकी थिइनन्। त्यही नि दैनिकी जसरी नि गर्नु थियो। केही पर रहेको गोठमा सकिनसकी कालेकी आमा पुगिन र भैसिलाइ हिजो आफुले कस्टपुर्बक काटेको न्यार खुवाइन। “आज त पाइस अब भोलि पाउछस कि नाइ! मेरो ज्यानले कति थेग्न सक्छ खोइ? तेरो र मेरो हालत उस्तै उस्तै छ। बस फरक यो छ कि तलाइ खुवाउने म छु तर मलाइ खुवाउने कोहि छैन।

सबले मलाइ यन्त्र सम्झिन्छन।” यस्ता अनेकौ कुरा पोख्दै थिइन। भावना पोख्न सक्ने भए भैसिले सायद आफ्नो ब्याथा नि सुनाउदो हो। प्रकृतिको चरित्र नि कस्तो अनौठो छ है, जस्ले भावना ब्यक्त गर्न सक्छ उस्ले चाहन्न अनि जस्ले ब्याक्त गर्न चाहन्छ उस्ले सक्दैन! हतार हतार भान्सा पुग्न मात्र के पाएकी थिइन, “कस्तो अल्छी रहिछे यो आइमाई, अहिलेसम्म नि चिया ल्याइन त।” सासुको क्रोधसहितको बोली सुनिहालिन। कालेकी आमाले चुपचाप चिया बनाइन र सबैको कोठामा पुर्याइदिईन।

भान्साको कालो मुस्लो उन्लाई आफ्नो जिवनबन्दा सेतो लाग्थ्यो। यो कालो त एकछिनको कालो त हो नि! तर उन्को जिवन पन्ध्र बर्षदेखि कालोमय छ। खाना पकाएर सबै परिवारलाइ खुवाउन नभ्याउदै गोठको मल पुरै निकालेर बारिमा फाल्नुपर्ने आदेश आयो। एक निरिहको जसरी पालना गर्नु सिवाय उनी गर्न नै के सक्थिन र? उनको त दैनिकी नै तेहि हो नि। एस्तो बेला स्याहार, आराम चाहिन्छ भनेर उन्लाइ कस्ले भनिदियोस। बच्चाको स्वास्थ मा असर पर्छ त अब सकारात्मक मात्र सोच भनेर को बतायोस।

गरुँगो भारी बोक्नुहुन्न है तेस्ले तिम्रो ज्यान पनि जान सक्छ भनेर कस्ले सोचिदियोस। पौष्टिक तत्वयुक्त खानेकुरा खानुपर्छ म बनाएर दिन्छु कस्ले भनोस। पौस्टिक त परैको कुरा उन्ले पेटभर खानेकुरा नि पाएकी थिइनन। दिनभर त्यत्रो मल बारिमा फालेपछी साझ उन्ले आफुलाइ जिबित छु भन्ने नि सोच्न सकेकी थिइनन्।त्यो बेलुका जसोतसो घरायसी काम गर्न सकिन र सुत्न गइन। अर्को बिहान आठ बजिसक्दा पनि चिया नआएको देखेर सब रिसले चुर भए। ठूलो ठूलो स्वरमा सब गाली गर्न थाले। अनेकौं आपप्तिजनक शब्दको प्रयोग भयो। सासुको बुहारिप्रतिको ब्यवहार प्रस्टै देख्न सकिन्थ्यो। कालेकी आमा बेडमै लडिरहेकी छन। उन्ले मान्छेहरु बोलिरहेको मात्र अड्कल गर्न सकेकी छन तर के बोलेको प्रस्ट सुन्न सकिरहेकी छैनन्।

आफू कता कता सागरमा डुबेको झै चिसो महसुस भैरहेको छ उन्लाइ। कोहि आवोस र त्यो ठाउँबाट अर्कै ठाउँ लगिदियोस भन्ने इच्छा छ उन्मा। तर उन्को काम संग मात्र मतलब राख्नेहरुलाइ उन्को शरिरको के चिन्ता। मानव एति स्वार्थी छ कि कुनै चिज काम आउन्जेल मात्र आफ्नो सम्झन्छ त्यसपछी वास्ता गर्दैन। अरुलाइ दास बनाउन खोज्नु मानवीय चरित्र हो। फरक एत्ति हो, कसैमा त्यो डोमिनान्ट हुन्छ भने कसैमा रिसेसिभ। एक दिनपछी उन्लाइ अत्यन्तै गारो भैरहेको थियो। उनी चिच्याउन थालिन। घरको सबै उन्को वरिपरि भेला भए। समाज पनि जम्मा भयो। अब भने घरको सबले उन्लाइ औधी माया गर्ने झै स्याहारसुसार गर्न थाले।

मान्छे यति देखावटी भैसक्यो कि अब उस्लाइ आफ्नो कर्म देखाउन नि हुल चाहिन्छ। स्थानिय अनेकौ औषधि प्रयोगमा ल्याए। कालेको बुवा सहर गएर अनेकौ थरिका आहार लिएर ल्याए। भेटन आउने सबैले थरिथरिका फलफूल लिएर आए। जिवनभर नदेखेको चिज नि आफन्तहरु ले अन्तिम पलमा देखाउने रहेछन! उन्मा एति रक्तस्राव भैसकेको थियो कि त्यहा भएकाले बल्ल चाल पाए। एक्छिन धेरै नै छटपट गरिसकेपछी उन्ले अन्तिम सास फेरिन।

उन्मा कुनै हलचल बाकी रहेन। घरमा रुवाबासि चल्यो।उनी केवल एक लडेको मुर्ती झै थिइन। मृत्यु पछि रुवाबासी र गुनगान गाउने चलन यो समाजमा नौलो होइन। आफ्नै कारणले उनको ज्यान गएको बुझेको भए सायद रुने थिएनन होल। यदि यो सबै कालेकी आमा देखिरहेकी हुदिहुन त भन्दै होलिन,” जब खाने जोस जागर र इच्छाशक्ति थियो तब कता थिए यी सब चिज हरु, तब कता थिए सब आफ्नाहरु। आज म थाकेर जब केही लिन सक्दिन अनि यो बस्तुहरुको के मतलब? मैले यो सब खोजिरहेको बेला तिमिहरुले देखाएनौ, मैले पाएन, भो तिमिहरु नै राख अब मलाई एस्को केही जरुरत छैन।”

लेखक खड्का मंगलसेन नगरपालिका वडा न. ७ निवासी हुन्।