मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पौडेल पक्राउको घटना प्रधानमन्त्रीलाई निकै महँगो पर्नेछ : गगन थापा

पौडेल पक्राउको घटना प्रधानमन्त्रीलाई निकै महँगो पर्नेछ : गगन थापा


काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको घटना प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने चेतावनी दिएका छन्। 

पुल उद्घाटनका लागि गृहजिल्ला तनहुँ पुगेका पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि नेता थापाले प्रधानमन्त्री ओलीलाई यस्तो चेतावनी दिएका हुन्। 

उनले पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप नियोजित भएको बताएका छन्। पौडेलको गिरफ्तारीले सरकारको चरित्रलाई उदांगो बनाएको थापाको भनाइ छ। 

‘नेका वरिष्ठ नेता पौडेलको गिरफ्तारी र  प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन।यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदांगो बनाएको छ। यो तपाईँका लागि निकै महँगो पर्नेछ,’ थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।