मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुन प्रदेशमा कति कोरोना संक्रमितको मृ’त्यु ?

कुन प्रदेशमा कति कोरोना संक्रमितको मृ’त्यु ?


काठमाडौं । कोरोना संक्रमितका कारण नेपालमा कुल १ हजार ५३८ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो तथ्यांक बुधबार साँझसम्मको हो । 

कोरोना संक्रमणका कारण सबैभन्दा धेरै वागमती प्रदेशमा ज्यान गएको छ । मन्त्रालयका अनुसार वागमती प्रदेशमा हालसम्म ७७९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

सबैभन्दा कम कर्णाली प्रदेशमा २३ संक्रमितको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशमा ३९ जनाको ज्यान गइसकेको छ । 

प्रदेश–१ मा १९३, प्रदेश–२ मा १९६, गण्डकी प्रदेशमा १०४ र लुम्बिनी प्रदेशमा २०४ कोरोना संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । 

बुधबार ९ संक्रमितको मृत्यु भएको थियो । 

यसैबीच, नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । हालसम्म २ लाख १८ हजार १६१ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ पुगेको छ । १६ हजार ५४७ आइसोलेसनमा बसेका छन् भने ६०५ जना क्वारिन्टिनमा रहेको मन्त्रालयको तथ्यांका उल्लेख छ ।