अछाम : जिल्लामा बिहिबार १० जना कोरोना संक्रमित थपिएका छन् । १ महिला र १० पुरुष सहित ११ जना कोरोना संक्रमित थपिएका कमलबजार प्रयोगशालाले जनाएको छ ।
नयाँ कोरोना संक्रमित थपिनेमा जिल्लाको मंगलसेन नगरपालिकाका ४ जना पुरुष, साँफेबगर नगरपालिकाका १ महिला र २ पुरुष गरी ३ जना, बान्नीगढी जयगढ गाँउपालिकाका ३ जना पुरुष रहेका छन् ।
यस्तै बान्नीगढी जयगढ गाँउपालिकाका ३ जना पुरुषमा पुन परिक्षणमा समेत कोरोना पोजेटिभ देखिएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।
प्रतिक्रिया