मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम घर भएका पूर्वगृहमन्त्री स्वाँरकाे निधन

अछाम घर भएका पूर्वगृहमन्त्री स्वाँरकाे निधन


अछाम : सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला घर भएका पूर्व गृहमन्त्री नयनबहादुर स्वाँरको निधन भएको छ। 

२०३८ सालमा सूर्यबहादुर थापाको नेतृत्वमा निर्वाचित मन्त्रीमण्डलमा गृहमन्त्री रहेका स्वाँरको ९३ वर्षको उमेरमा बिहीबार काठमाडौंमा निधन भएको हो। 

वि.स १९८४ सालको भदौँमा अछामको रिडिकोटमा जन्मिएका स्वाँर २०३७ सालमा कानुन तथा न्यायमन्त्री तथा २०३८ को असारमा गृहमन्त्री भएका थिए भने पञ्चायत कालको अन्तिम मन्त्रिमण्डल २०४६ मा समेत केही समय गृहमन्त्री भएका थिए। 

उनी २०२४, २०२९, २०३६ र २०३८ सालमा गरी ४ पटक राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए।

यस्तै  २०२५ असोजमा भूमिसुधार राज्यमन्त्री नियुक्त भएका स्वाँर २०३० साउनदेखि २०३२ मंसिरसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए। 

२०४६ सालपछि केही वर्ष सक्रिय राप्रपाको सक्रिय राजनिति समेत उनले गरेका थिए। 

स्वाँर २०१६ सालमा नेपाल राष्ट्रवादी गोरखा परिषद्को तर्फबाट संसदको माथिल्लो सदन (महासभा) को सदस्यमा निर्वाचित भएका थिए। स्वाँरका श्रीमती, २ छोरा र २ छोरी छन्।