सुर्खेत- सुर्खेतमा स्वतन्त्र नागरिक संघर्ष समितिको आयोजनामा राजावादीले प्रदर्शन गरेका छन्।
वीरेन्द्रनगर–८ कालिञ्चोकबाट सुरु भएको र्यालीका सहभागीले ‘गणतन्त्र धोका हो’, ‘हाम्रो राजा हाम्रो देश..’, ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाएका थिए।
उनीहरुले राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको माग गरेका छन्। र्याली दैलेख रोड, मंगलगढी चौक, मुख्यबजार, वीरेन्द्रचौक, भैरवस्थानहुँदै पीपलचौतारीमा पुगेको थियो।



























प्रतिक्रिया