मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राज्यबाट पाईरहेको सेवा सुबिधा कटौती भयो

राज्यबाट पाईरहेको सेवा सुबिधा कटौती भयो


अछाम : राज्यबाट पाईरहेको सेवा सुबिधा कटौती हुदा समस्या भएको फरक क्षमता भएका ब्यक्तिहरुले गुनासो गरेका छन् ।

अन्र्तराष्टिय अपाग दिवसका अवरसरमा साँफेबगर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागि फरक क्षमता भएका ब्यक्तिहरुले बिषेश गरी ग र घ बर्गको सुबिधा कटौती हुदा आफुहरु मारमा परेको बताएका छन् ।

आफुहरुले आयआजनका कायत्र्रmमका लागी नगरपालिकासग माग गरेपनी अहिलेसम्म सुनुवाई नभएको नगरस्तरिय अपाग समन्वय समितिका सचिब युवराज बटालाले बताए । साफेबगर नगरपालिका वडा नम्बर ५ नवाठानाकी मनसरा कँुवरले आफ्ना दुबै सन्तान अपाग भएका कारण आउदै गरेको भत्ता समेत कटौती हुदा पालनपोषणमा समस्या भएको बताए।

नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका देवसरा कुामरी थापाले अनुसार सामाजिक सुरक्षा ऐन २०७५ पछि भने अहिले क र ख बर्गले मात्र सुबिधा पाउने व्यवस्था भएका कारण ग र घ बर्गलाई दिन नसकिएको बताइन । साफेबगर नगरपालिकाका कार्यबहाक नगर प्रमुख बालगिरि कुवरको अध्यष्तमा भएको कार्यक्रममा भएको थियो।

कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ २९ औं अन्तरा्ट्रिय अपाङ्गता दिवसको नारा रहेको छ।