मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ३ जना संचारकर्मीलाई कोरोना संक्रमण

अछाममा ३ जना संचारकर्मीलाई कोरोना संक्रमण


अछाम : जिल्लामा ३ जना संचारकर्मीलाई कोरोना संक्रमण भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ६ ठुलासैनमा संचातिल रेडियो रामारोशनमा कार्यरत संचारकर्मीलाई कोरोना भाईरस कोभिड १९ को संक्रमण भएको हो ।

रेडियोमा कार्यरत स्टेशन म्यानेजर चन्द्र थापा, सहायक स्टेशन म्यानेजर कमल कुमार रावल र प्राविधिक आनन्द साँउदलाई कोरोना संक्रमण भएको सहायक स्टेशन म्यानेजर रावलले जानकारी दिए ।

कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा आफुहरुलाई संक्रमण पुष्टी भएको रावलले बताए । स्वास्थ्यमा सामान्य लक्षण देखिएपछि स्वाब दिएको र बिहिबार प्राप्त रिपोर्ट अनुसार कोरोना पोजेटिभ आएको उनको भनाई छ ।

हाल हामी तिनै जना सुरक्षित होम आईश्वलेशनमा छौँ, रावलले भने अहिले स्वास्थ्य अवस्था सामान्य छ । आम नागरिकलाई कोरोना संक्रमणबाट सुरक्षित हुन र फैलिन नदिन अपनाउने बिधीका बारेमा जानकारी दिदाँ दिदैँ आफुहरु पनि संक्रमणमा परेको रावलले थपे । अछाममा कोरोना संक्रमित हुने संचारकर्मीको संख्या ५ पुगेको छ ।

यस अघि सुदूरआज डटकमका सम्पादक पूर्ण बहादुर खड्का र नेपाल पत्रकार महासंघ अछामका सचिव होम साँउदलाई समेत कोरोना संक्रमण भएको थियो । खड्का संक्रमण मुक्त भईसकेका छन् भने साँउद होम आईश्वलेसनमा रहेका छन् ।