मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना नियन्त्रणमा अछामका स्थानीय तहका नेतृत्व उदासिन भए : तिमिल्सैना

कोरोना नियन्त्रणमा अछामका स्थानीय तहका नेतृत्व उदासिन भए : तिमिल्सैना


अछाम – नेपाली कांग्रेस अछामका सह सचिव तथा प्रबक्ता बेदप्रकाश तिमिल्सैनाले अछाम जिल्लामा कोरोना भयावह हुने सक्ने आँकलन गरेका छन् । तिमिल्सैनाले जिल्लामा संक्रमण दर दिनानुदिन बढ्दै गएको भन्दै भयावह हुन सक्ने स्थिती आउने बताएका छन् ।

समयमै कोरोना नियन्त्रणमा अग्रसर नभए यो नियन्त्रण बाहिर जानसक्ने भन्दै उनले सामाजिक सञ्जाल मार्फत सम्बन्धीत सबै सरोकारवाला पक्षलाई सचेत गराएका छन् । जिल्लामा पछिल्लो पटक डरलाग्दो किसिमले कोभिड १९ को संक्रमण बढीरहेको भन्दै नियन्त्रणको लागि लाग्न उनले सबैलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ अछामक पूर्व अध्यक्ष समेत रहेका तिमिल्सैनाले अछाममा बिशेषगरी सक्रिय जनप्रतिनिधि, नेता, पत्रकार, गैरसरकारी संघ संस्थामा सक्रिय सामाजिक अगुवा र केही सरकारी कर्मचारीमा कोरोना देखिनु डरलाग्दो स्थिती भएको औल्याएका छन् । कोभिड – १९ को प्रभाव सदरमुकाममा बढी छ तिमिल्सैनाले भने तर रोकथामका लागी मंगलसैन नगरपालिकाको नेतृत्व उदासीन देखीएको छ ।

सदरमुकाम क्षेत्रमा कोभिडका बिरामीको कन्ट्याक्ट ट्रेसिङ्ग, संक्रमितको स्वास्थ्य अवस्था र उनीहरुको गतिविधि प्रती स्थानीय सरकार बेखबर हुनु दुःखद भएको उनले बताए । कोरोना नियन्त्रणका लागि स्थानीय प्रसाशन र स्थानिय तहहरु लगायतका सबै पक्ष सम्बेदनशिल हुनुपर्ने उनको तर्क छ ।