काठमाडौं– तनहुँ घटनाबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन्।
देउवा निवास बुढानिलकण्ठमा हुने बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी पनि सहभागी हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडलले जानकारी दिए।
बैठकमा तनहुँमा पुल उद्घाटनका लागि पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीले नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको विषयमा छलफल हुनेछ। पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिई तीन घण्टा राखेको थियो।
पौडेल शुक्रबार बिहान तनहुँबाट काठमाडौं आउने र बैठकमा सहभागी हुने कार्यक्रम छ।
प्रतिक्रिया