अछाम : जिल्लामा एकैदिन ठुलो संख्यामा कोरोना संक्रमण पुष्टी भएको छ । बिष्टका अनुसार जिल्लामा आज सबैभन्दा बढी ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कमलबजारमा पिसिआर परिक्षण प्रयोगशाला स्थापना भएपश्चात यो सबैभन्दा बढी संख्या भएको उनले बताए । कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाका विभिन्न स्थानिय तहका ३४ पुरुष र ७ महिला गरी ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको उनले बताए ।
कारोना भाईरस कोभिड १९ को संक्रमण देखिनेमा साँफेबगर नगरपालिका वडा नं. ७ का ५० बर्षिय एकजना पुरुष, बान्नीगढी जयगढ गाँउपालिका वडा नं. ५ का २ जना पुरुष रहेका छन् ।
पञ्चदेवल बिनायक नगरपालिकाका १,२,३ र ७ नं वडाका ७ जना पुरुष र मंगलसेन नगरपपालिकाको २,३,४,५,६,८,९ र १२ नं. वडाका ६ महिला र २५ पुरुष गरी २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रतिक्रिया