मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा जिप दु’र्घटना, तीनको मृ’त्यु, पाँच घा’इते

डोटीमा जिप दु’र्घटना, तीनको मृ’त्यु, पाँच घा’इते


डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा अन्य ५ जना घाइ’ते भएका छन् ।

दिपायलबाट बोगटानतर्फ जाँदै गरेको  म १ च ५५० नम्बरको जिप गएराति साढे १ बजे पियुसीया भीरबाट २ सय मिटर तल खसेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिए । उनका अनुसार दु’र्घटनामा ज्यान गुमाउनेमा डोटी चनकेसैनका ४० वर्षीय हरिनायारण भट्ट, बोगटान गाँउपालिका ७ का वडा सचिव २७ वर्षीया मञ्जु त्रिपाठी र उनकै ५५ वर्षीया सासुआमा छन् ।

घा’इते हुनेमा ३० वर्षीय कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बाँगफाटाका २८ वर्षीय हेमन्त भट्ट,डोटी बोगटान ७ की ४० वर्षीया खेमादेवी गिरी र नाम नखुलेका ३ वर्षीया बालक छन् । 

दुर्घटनामा ज्या’न गुमाउने तथा घाइतेहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।