मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै २ लाख १८ हजारमा संक्रमण

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै २ लाख १८ हजारमा संक्रमण


काठमाडौं । अमेरिकामा कोरोना संक्रमण र मृत्यु दर बढ्ने क्रम अझै रोकिएको छैन । बीचमा केही समय ओरालो लागेको संक्रमण र मृत्यु दर पुनः पहिलाको अवस्थालाई उछिन्दै अगाडि बढिरहेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ८४४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख १८ हजार ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन यति धरै संक्रमण पुष्टि भएको यो पहिलोपटक हो । 

अमेरिकामा कुल कोरोना संक्रमितको संख्या १ करोड ३९ लाख ७ड हजार १७१ पुगेको छ । कोरोनाका कारण अमेरिकामा २ लाख ७४ हजार ७७ जनाको मृत्यु भइसकेको छ । 

अमेरिकामा पछिल्लो समय कोरोना संक्रमितले अस्पतालमा बेडसमेत पाउन छोडेका खबरहरु सार्वजनिक हुन थालेका छन् ।