अछाम । कोरोना भाईरस कोडि १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाको कमलबजार नगरपालिका बन्द गरिएको छ । पछिल्लो समयमा अछाममा कोरोनाको संक्रमण दिन प्रतिदिन भयाहव रुपमा समुदाय स्तरमा रुपमा फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै आईतबार राती १२ बजे देखि लागु हुने गरी नगरपालिकन बन्द गरिएको हो ।
यो पहिलो चरणको बन्द पौष ४ गते राति १२ बजे सम्म लागु हुने नगरपालिकाले जनाएको छ । अति आवश्यक सेवा बाहेक कमलबजार नगर क्षेत्र बन्द गरिएको नगरपालिकाका कार्यबाहक नगर प्रमुख भुमिशरण ढकाल बजगाँईले बताईन ।
नगर स्तरिय संकट ब्यबस्थापन केन्द्रका संयोजक एबम कार्यबाहक बजगाँईको अध्यक्षतामा बसेको बैठकले कमलबजार बजार क्षेत्र भित्रका अति आवश्यक, खाध्यान्न तथा तरकारी पसल दुध डेरी इन्धन पसल सिमित समय बिहान ७ बजे देखि १० बजे सम्म खोल्न पाइनेछ ।
यस्तै नगरपालिका भित्रका सामुुदायिक तथा निजि शैक्षिक संस्था पठन पाठन कार्य पनि पूुर्णरुपमा बन्द गरीएको छ । नगरकार्यपालिकाको कार्यालय र वडा कार्यलयबाट समेत प्रदान गरीने अति आवश्यक सेवा बाहेकका सेवा बन्द गरिएको छ ।
नगरपालिका भित्र संचालित स्वास्थ्य संस्थाहरुबाट पनि आकस्मिक बाहेकका अन्य सेवाहरु समेत सिल अवधिभर प्रदान नहुने भएका छन् । बैठक मार्फत भिडभाड नर्गन नगराउन आग्रह गर्दै स्वास्थ्य सुुरक्षाका मापदन्ड अपनाई, मास्कको अनिबार्य प्रयोग गर्न, सार्बजनिक यातायातका साधनलाई समेत बिच बजारमा नरोकी बसपार्कबाटै आवत जावत गर्न आग्रह गरिएको छ । यदि त्यसो नगरिएमा १०० रुपयाँ जरिवाना समेत लाग्ने जनाईएको छ ।
प्रतिक्रिया