मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२८ गते अर्को बैठक बस्ने गरी नेकपा स्थायी कमिटी बैठक सकियो

२८ गते अर्को बैठक बस्ने गरी नेकपा स्थायी कमिटी बैठक सकियो


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो ।

अर्को स्थायी कमिटी बैठक मंसिर २८ गते बस्ने गरी आजको बैठक सकिएको बैठकपछि नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

उक्त बैठकसम्म अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओली शर्मासँग सहमतिका लागि संवाद गर्ने पनि उनले बताए । 

आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने सहभागी थिएनन् ।  शनिबार पनि नेकपाको  सचिवालय बैठक बसेको थियो ।

उक्त बैठकपछि पार्टी अध्यक्षद्वय ओली र दाहालको प्रस्तावमाथि आज छलफल गर्ने बताइएको थियो ।