अछाम । सोमबार अछाम जिल्लामा २२ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ६ महिला र १६ जना पुरुषगरी २२ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार सोमबार संक्रमण देखिनेमा मंगलसेन नगरपालिकाका ५ महिला १३ पुरुष गरी १८ जना, कमलबजार नगरपालिकाका २ जना पुरुष रहेका छन् ।
यस्तै बान्नीगढी जयगढ गाँउपालिकाका १ महिला र तुर्माखाँद गाँउपालिका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको सुचना अधिकारी बिष्टले बताए ।
यो संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९२ पुगेको छ ।
प्रतिक्रिया