मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहायक प्रमखु जिल्ला अधिकारीको जिम्मेवारी तिमिल्सैनालाई

सहायक प्रमखु जिल्ला अधिकारीको जिम्मेवारी तिमिल्सैनालाई


अछाम : जिल्लाको सहायक प्रमखु जिल्ला अधिकारीमा रञ्जन प्रसाद तिमिलसैना सरुवा भएर आएका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर कार्यालयमा कार्यरत तिमिल्सैना अछाम सरुवा भएर आएका हुन् ।

तिमिल्सैना अछाम पुगेसंगै सोमबार जिल्ला प्रशासन कार्यालय अछाममा हाजिर भएका छन् । यसअघि स्थानिय तहमा समेत काम गरेको अनुभव संगालेका तिमिल्सैनाले अछामको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका हुन् ।

कार्यालय हाजिर भएपश्चात सुदूरआजलाई छोटो प्रतिक्रिया दिदैँ तिमिल्सैनाले प्रमुख जिल्ला अधिकारी ज्युको नेतृत्वमा सुशासन, पारदर्शिता र जनमैत्री सेवाका पक्षमा आफु सक्रिय भएर काम गर्ने बताए । ९ बर्ष अघि सरकारी सेवा प्रबेश गरेका तिमिल्सैनाले राजनीतिक शास्त्र ,जनप्रशासमा स्नातकोत्तर र कानुनमा स्नातक सम्मको अध्यन गरेका छन ।

अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. १ कुईकामा जन्मेका तिमिल्सैना अछामको पुर्वी क्षेत्रका समाजसुधारक, शिक्षा प्रेमी, साहित्यकार समेत रहेका प्रभावशाली ब्याक्तित्वका धनी स्वर्गवासी बहिदार देवानन्द तिमिल्सैनाका नाति हुन ।