मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखमा बाल संरक्षण तथा बाल स्पाेन्सरसिप कार्यक्रमकाे तेस्रो चरण सुरु

मेल्लेखमा बाल संरक्षण तथा बाल स्पाेन्सरसिप कार्यक्रमकाे तेस्रो चरण सुरु


“समाज रुपान्तरणका लागि सबै सराेकारवालाकाे भुमिका महत्त्वपूर्ण रहेकाे वडा अध्यक्ष साउदकाे भनाइ”

अछाम : जिल्लाको मेल्लेख गाउपालिका वडा नम्बर ७ नन्देगडामा बाल संरक्षण तथा बाल स्पाेन्सरसिप कार्यक्रम पु:न सुरुवात भएकाे छ । वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालकाे अार्थिक सहयाेगमा गाउपालिकासंगकाे सहकार्यमा अास्था नेपालले सञ्चालन गरिरहेकाे कार्यक्रमकाे तेस्रो चरण ५ वर्षको लागि फेरी सुरु भएको अास्था नेपालका बाल संरक्षण अधिकृत भ्वानसिह सार्कीले वताउनुभयाे । सिमान्तकृत तथा पछिपरेका समुदायका वालबालिकाहरुलाई शिक्षा तथा स्वास्थ्यकाे पहुचमा ल्याउनकाे लागी कार्यक्रम उपलब्धि मुलक हुने वडा अध्यक्ष नरवहादुर साउदकाे भनाई छ । गाउगाउमा हुने सबै खाले बिकृती विसंगति अन्त्य गर्न सबै सराेकारवालाकाे भुमिका महत्त्वपूर्ण रहेकाे साउदले बताउनु भएकाे छ । अास्था नेपाल द्वारा सञ्चालित दाेस्राे चरणकाे कार्यक्रमकाे अाज मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडामा भएको अभिमुखिकरण कार्यक्रममा अध्यक्ष साउदले साे कुरा बताउनुभएको हाे ।
वडा अध्यक्ष नरवहादुर साउदकाे अध्यक्ष्ातामा भएकाे कार्यक्रममा नन्देगडा स्वास्थ्य ईन्चार्ज नृप बुढा, पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, पार्टी प्रतिनिधि गंगाराम खत्रीले मन्तब्य राख्नुभएको थियाे । कार्यक्रममा वडा सदस्य टंक बुढा,जानकि रावल, अम्मर लाेहार,वडा सचिव गंगा शाह, अास्था नेपाल बाल संरक्षण अधिकृत कल्पना थापा, समाजसेवी, वालकल्वका प्रतिनिधि लगाएतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन अास्था नेपालकाबाल संरक्षण अधिकृत भ्वानसिह शार्किले गर्नुभएको थियाे ।