मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कोरोना संक्रिय संक्रमितको संख्या १९९ पुग्यो

अछाममा कोरोना संक्रिय संक्रमितको संख्या १९९ पुग्यो


अछाम । जिल्लामा गएको दिनको तुलनामा कोरोना संक्रमण दर कम भएको छ ।

सोमबार २२ जनामा कोरोना संक्रमण पुष्टी भएको मंगलबार ७ जनामा मात्रै कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको हो ।

मंगलबार संक्रमित हुनेमा कमलबजार नगरपालिकाका ६ जना पुरुष र मंगलसेन नगरपालिकाका १ जना पुरुष रहेका प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

अछाम जिल्लामा कुल संक्रमित १३ सय ५८ जनामा १९९ जना सक्रिय संक्रमित रहेका छन् ।

कमलबजारमा स्थापना भएको प्रयोगशालामा गरिएको २४ सय ३४ जनामा ३ सय २० जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।