मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा विप्लव समूहका २०५ जना प’क्राउ

सुदूरपश्चिममा विप्लव समूहका २०५ जना प’क्राउ


धनगढीः सुदूरपश्चिम प्रदेशमा सरकारले प्रतिबन्ध लगाएयता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ सय बढी नेता कार्यकर्ता पक्रा’उ परेका छन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार २०७५ सालको फागुन १० गतदेखि हालसम्म गरि विप्लवका २ सय ५ जना नेता कार्यकर्ता प’क्राउ परेका छन्। 

प’क्राउ परेका मध्ये २४ जनालाई अदालतको आदेशपछि पु’र्पक्षका लागि का’रागार चलान गरिएको छ भने १ सय ६५ जना मुद्दा दर्ता  भइ छुटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

१२ जना सोधपुछ पछि छुटेको प्रहरीको तथ्यांक छ भने ४ जनामाथि अनुसन्धान जारी छ। प’क्राउ परेकाहरुमाथि प्रहरीले १ सय ९१ मुद्दा दर्ता गरिएको जनाएको छ भने २ वटा मुद्दा दर्ता गर्न बाँकी रहेको छ। 

मोरङमा विप्लव समूहले शिक्षकको अपह’रण गरि ह’त्या गरेको घटनाले विप्लव समूहले हिं’साको बाटो अंगाले भन्दै सुदूरपश्चिममा समेत सुरक्षा सर्तकता बढाइएको प्रहरीले जनाएको छ।