अछाम। पञ्चदेवल विनायक नगरपालिकाले कार्यालयकाे सेवा प्रवाहलाई निरन्तरता दिएकाे छ ।
नगरपालिकाका अधिकांश कर्मचारीहरुलाई काराेना भाइरस काेभिड – १९ संक्रमण पुष्टि भए संगै थप जाेखिम बढ्न सक्ने भन्दै मंसिर २० गते देखि ७ दिन सम्मका लागी नगरपालिकाकाे सेवा प्रवाहमा राेक लगाएकाे थियो।
मंसिर २३ गते जिल्ला प्रशासन कार्यालय अछामकाे सुचना अनुसार कार्यालयकाे कामलाई निरन्तरता दिने नगरपालिकाले जनाएको हाे ।
सार्वजनिक निकायमा कार्यरत पदाधिकारी,कर्मचारी काेभिड -१९ बाट संक्रमित भएमा वा कन्ट्याक्ट् ट्रेडिङमा परेमा त्यस्ता पदाधिकारी वा कर्मचारी बाहेक अन्य पदाधिकारी वा कर्मचारी बाट सार्वजनिक सेवालाई निरन्तरता दिने जिल्ला प्रशासनकाे निर्णय बमोजिम सेवा प्रवाह गरिएकाे हाे ।
सभा, सम्मेलन , खेलकुद प्रतियोगिता , जात्रा मेला जस्ता अनावश्यक कार्यक्रमहरु अर्को व्यावस्था नभए सम्मका लागि पुर्ण रुपमा बन्द गरिएको हुँदा त्यस्ता गतिविधि नगर्न नगराउन नगरपालिकाले अनुरोध गरेको छ ।
प्रतिक्रिया