मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस यूनियन अछामका अध्यक्ष रिमाललाई कोरोना संक्रमण, उपाध्यक्ष भण्डारी पनि संक्रमित

प्रेस यूनियन अछामका अध्यक्ष रिमाललाई कोरोना संक्रमण, उपाध्यक्ष भण्डारी पनि संक्रमित


अछाम । नेपाल प्रेस यूनियन अछामका अध्यक्ष टंक रिमाललाई कोरोना संक्रमण भएको छ । अध्यक्ष रिमाललाई बिहिबार कोरोना संक्रमणको पुष्टी भएको यूनियन अछामका सचिव सुशिल भण्डारीले बताए ।

जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा अध्यक्ष रिमाललाई कोरोना पुष्टी भएको प्रयोगशालाले जनाएको छ । रेडियो रामारोशनमा कार्यरत अध्यक्ष रिमालले जनतालाई कोरोनाका बारेमा सुसुचित पार्ने क्रममा आफु पनि संक्रमण हुने पुगेको बताए ।

संक्रमण पुष्टी भएको खबर पाएपछि आफु सुरक्षित आफु होम आईश्वलेसनमा बसेको अध्यक्ष रिमालले बताए । अध्यक्ष रिमालका अनुसार आफु कार्यरत रेडियो रामारोशनका कर्मचारी बिक्रम परियार, शंकर थापा र दिपा भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टी भएको बताए ।

यस्तै रेडियो अछममा कार्यकारी निर्देशक पदमा कार्यरत नेपाल प्रेस यूनियन अछामका उपाध्यक्ष नमराज भण्डारीलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई पनि बिहिबार नै कोरोना संक्रमण पुष्टी भएको हो ।

यस्तै रेडियो गाँउघरमा कार्यरत जगत जैगडीलाई पनि कोरोना संक्रमण भएको रेडियोका कार्यकारी निर्देशक टेक बहादुर थापाले बताए ।