मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारविरुद्ध विरोध प्रदर्शनको जिम्मा ७७ जिल्ला समितिलाई

सरकारविरुद्ध विरोध प्रदर्शनको जिम्मा ७७ जिल्ला समितिलाई


काठमाडौं– प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले यही मंसिर २९ गते ७७ वटै जिल्लामा हुने सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। आज बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारविरुद्धको प्रदर्शनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो।  

बैठकले सबै जिल्लाका सभापतिहरूलाई सरकार विरुद्धको प्रतिकात्मक विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन निर्देशन दिने निर्णय गरेको छ। ‘आजको बैठक २९ गतेको विरोध प्रदर्शनलाई कसरी प्रभावकारी बनाउने भन्नेमै केन्द्रित रह्यो,’ बैठकमा सहभागी रहेका नेता अर्जुननरसिंह केसीले भने, ‘यो हाम्रो प्रतिकात्मक प्रदर्शन हो। जिल्ला सभापतिहरुलाई परिचालन गरेर प्रदर्शनलाई प्रभावकारी बनाइन्छ।’ 

कांग्रेसले फरक विचारधारालाई सरकारले दुस्मनका रुपमा हेरेको, कतिपय ठाउँमा कांग्रेस कार्यकर्ताको हत्या र कुटपिट भएको, तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार गरिएको, भ्रष्टाचार बढेको, संवैधानिक निकायलाई छायामा राखेको लगायत मुद्दामा सरकार विरुद्ध प्रदर्शन गर्न लागेको हो।

बैठकमा २९ गतेपछि सरकारलाई कसरी दबाब दिने भन्नेबारेमा समेत छलफल भएको थियो। ‘२९ गतेको कार्यक्रमलाई सुरुवातका रुपमा लिने र त्यसपछि पनि सरकारविरुद्ध खबरदारी गर्ने निष्कर्ष निकालेका छौं,’ सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘२९ गतेपछि प्रदर्शनपछि थप रणनीति बनाएर अघि बढ्छौं।’