काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ९ महिनापछि बिहीबारदेखि खुलेको छ।
पर्यटकीय गतिविधि सञ्चालन गर्ने सरकारको निर्णयपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चिडियाखाना खोलिएको हो।
चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने नियम छ। प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ।
भीडभाड कम गर्न एक दिनमा ८०० जनालाई मात्रै प्रवेश दिइने भएको छ।
त्यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ।
प्रतिक्रिया