धनगढी । ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानमा नेपाल जेसिजका महासचिव टेकराज रेग्मीले ११ हजार एक सय ११ रुपैया सहयोग गरेका छन् ।
टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानबाट प्रभावित भएर शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रेग्मीले ११ हजार एक सय ११ रुपैया सहयोग गरेका हुन् ।
टीकापुर क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा भईरहेको असुबिधालाई मध्यनजर गर्दै ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहद्धारा शव बाहन खरीदका लागि थालिएको अभियानमा स्वस्फूर्त ढंगले देश विदेशबाट तिब्र रुपमा आर्थिक सहयोग जुटिरहेको छ ।
टीकापुर सरोकार समूहसंगको सहकार्यमा ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया जम्मा गरेर शव बाहन खरीदका लागि थालिएको अभियानमा हालसम्म २२ लाख रुपैया जम्मा भईसकेको छ ।
ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले नौ दिनमा प्राप्त सहयोग र प्रतिबद्धताले आफूहरु अत्यन्त उत्साही भएको बताए ।
उनले शव बाहन खरीदका लागि जारी आर्थिक सहयोग संकलन अभियानमा जोडिएकोमा नेपाल जेसिजका महासचिव रेग्मी प्रति आभार व्यक्त गरे ।
प्रतिक्रिया