मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधि सभा सदस्य बिष्टलाई कोरोना संक्रमण

प्रतिनिधि सभा सदस्य बिष्टलाई कोरोना संक्रमण


अछाम : नेपाली कांग्रेस अछामका नेता तथा अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य माननीय रामबहादुर बिष्टलाई कोरोना संक्रमण भएको छ ।

सांसद बिष्टलाई बिहिबार कोरोना संक्रमणको पुष्टी भएको हो । काठमाडौ स्थित सिद्दी पोलिक्ल्निकको प्रयोगशालामा गरिएको परिक्षणमा आफुलाई कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

सांसद बिष्ट दुई हप्ते जिल्ला भ्रमणका क्रममा अछामका विभिन्न ठाउँमा भएका कार्यक्रमहरुमा सहभागी भइ केहि दिन पहिले मात्रै काठमाडौ फर्किएका थिए ।

संक्रमण पुष्टी भएको खबर पाएपछि आफु सुरक्षित आफु होम आईश्वलेसनमा बसेको र स्वास्थ्य सामान्य रहेको सांसद बिष्टले सुदूरआजलाई बताए ।