मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा गरिएको परिक्षणमा शुक्रवार १८ जना कोराना संक्रमित थपिए

अछाममा गरिएको परिक्षणमा शुक्रवार १८ जना कोराना संक्रमित थपिए


अछाम- अछाम जिल्लामा गरिएको परिक्षणमा शुक्रवार थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार मंगलसेन नगरपालिकाका १२ जना पुरुष र ४ जना महिला, कमलबजार नगरपालिकाका १ जना पुरुष, पंञ्चदेवल बिनायक नगरपालिकाका १ जना महिला गरी १८ जना रहेका छन् ।

कमल बजार प्रयोगशालामा हालसम्म २७ सय २७ जनामा कोरोना परीक्षण गर्दा ४३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।