मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए, ११ को मृत्यु, १२७१ डिस्चार्ज

२४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए, ११ को मृत्यु, १२७१ डिस्चार्ज


काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार २७१ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार १४८ छ । 

पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६७४ पुगेको छ । मन्त्रालयका अनुसार १२ हजार १४८ जना आइसोलेसनमा छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३२ हजार ८७२ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख २० हजार ६१८ पीसीआर परीक्षण गरिएको छ ।