पत्रकार गौरी लंकेशको ह’त्याको विरोधमा भारतको बैंगलुरुमा २०१७ मा आयोजित प्रदर्शन। फाइल तस्बिर
एजेन्सी : सन् २०२० संसारभर ४२ पत्रकार मा’रिएका छन्। इन्टरनेसलन फेडरेसन अफ जर्नालिस्ट्स (आईएफजे) का अनुसार हरेक वर्ष विश्वमा औसत ४० पत्रकारको ह’त्या हुने गरेको छ।
पछिल्लो तीन दशकमा मात्र संसारमा दुई हजार ६५८ जना पत्रकारको ह’त्या भएको आईएफजेको तथ्यांक छ। विगत चार वर्षदेखि पत्रकारका लागि खतराको देशको सूचीमा मेक्सिको अग्रपंक्तिमा छ। सन् २०२० मा मेक्सिकोमा १३ पत्रकार मा’रिएका छन्।
यस वर्ष पाकिस्तनामा पाँच र भारतमा तीन पत्रकार मा’रिएको आईएफजेले जनाएको छ। पत्रकार मारिने अन्य देशमा अफगानिस्तान, इराक र नाइजेरिया छन्। यति बेला आफ्नो कामसँग सम्बन्धित मुद्दामा विभिन्न देशका २३५ पत्रकार जे’ल स’जाय भोगिरहेका छन्।
आईएफजेका महासचिव एन्थोनी बैलैंगरले भने, ‘यो तथ्यांक मात्र होइन, यो त हाम्रा सहकर्मी साथीहरु हुन्, जसले आफ्नो कामका लागि जीवन समर्पित गरिदिए।’ उनले आईएफजे पत्रकार वि’रुद्ध भएका हरेक घ’टनालाई पछ्याउँदै सरकार र कानुनी निकायमाथि दो’षीलाई सजायका लागि दबाब दिन सक्रिय रहेको बताए। रोयटर्स
प्रतिक्रिया