मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज १५ जनाको कोरोना संक्रमणबाट मृत्यु, ८९९ संक्रमित थपिए

आज १५ जनाको कोरोना संक्रमणबाट मृत्यु, ८९९ संक्रमित थपिए


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज थपिएकासहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ छ।

पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १५ जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६८९ पुगेको छ।