मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सत्तामा जाने हल्ला नेकपाले फैलायो : साउद

कांग्रेस सत्तामा जाने हल्ला नेकपाले फैलायो : साउद


धनगढी- नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेस सरकारमा जाने हल्ला कपोलकल्पित भएको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले कांग्रेस सरकारमा जाने हल्ला कपोकल्पित र भ्रममात्रै भएको दाबी गरेका हुन् ।

‘नेपाली कांग्रेस सरकारमा जाने हल्ला कपोकल्पित हो, भ्रम हो नेता साउदले भने, ‘नेपाली कांग्रेस सत्तामा जाने जसरी अफवाह चलाइएको छ, यो नेकपाको आन्तरिक लडाइँको एउटा हिस्सा मात्र हो। कांग्रेसका लागि सत्ता महत्वपूर्ण होइन। जनताको आस्था र विश्वास जित्नु कांग्रेसका लागि महत्वपूर्ण हो ।’

‘गएको निर्वाचनमा नेपाली कांग्रेसले जनताबाट प्रतिपक्षको जिम्मा पाएको छ। हामी ५ वर्षसम्म लगातार प्रतिपक्षमा बस्छौ । सत्तामा जाने कुरा, मन्त्री बन्ने कुरा, प्रधानमन्त्री बन्ने कुरा नेपाली कांग्रेसका लागि महत्वपूर्ण कुरा होइन,’ नेता साउदले भने, ‘कांग्रेसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनताको आस्था र विश्वास जित्ने हो । हामी जनताको आस्था र विश्वास आगामी निर्वाचनमा निर्वाचनको प्रक्रियामार्फत जितेर अगाडि बढ्नेछौं ।’

गत निर्वाचनमा जनताले कांग्रेसलाई प्रतिपक्षको जिम्मेवारी दिएको प्रष्ट्याउँदै साउदले कांग्रेस पाँच वर्षसम्म लगातार प्रतिपक्षमा बस्ने बताए। ‘गएको निर्वाचनमा नेपाली कांग्रेसले प्रतिपक्षको जिम्मेवारी जनताबाट पाएको छ,’ साउदले भने, ‘हामी पाँच वर्षसम्म लगातार प्रतिपक्षमा बस्छौं । पाँच वर्षपछि कम्युनिस्टहरुले गरेको विकास यो हो, नेपाली कांग्रेसले गरेको विकास यो हो भनेर जनताका माझ जान्छौं। जनताबाट अनुमोदित भएर मात्रै हामी सरकारमा जान्छौं ।’

उनले थपे, ‘ पार्टी र सरकार आन्तरिक द्वन्द्वमा अल्झिएको छ । महँगी आकाशिएको छ, बेरोजगारी बढेको छ, अर्थतन्त्र चौपट भएको छ। किसान, मजदुरलाई खान लाउन समस्या भएको छ नेता साउदले भने–‘यस्तो बेलामा दुई तिहाइ मत दिएर स्थीर र स्थायीत्वका लागि मत दिएर जिताइएको पार्टी अहिले आन्तरिक द्वन्द्वमा फसेको छ ।

अहिले जनता नेकपा सरकारसँग, नेकपा पार्टीसँग पूर्ण रुपमा निराश भएका छन् नेता साउदले भने–‘निराशाको अभिव्यक्ति प्रजातन्त्रका बिरुद्ध नसोझिओस भन्ने नेपाली कांग्रेसलाई चिन्ता छ । ’नेता साउद सोमबार अछाममा हुन गइरहेको विरोध प्रदर्शनमा मुख्य वक्ताका रुपमा सहभागी हुँदैछन् ।