मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा ८३० कोरोना संक्रमित थपिए, ९ जनाको मृ’त्यु

२४ घण्टामा ८३० कोरोना संक्रमित थपिए, ९ जनाको मृ’त्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ८३० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ५०० संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९९४ छ । 

पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृ’त्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ । मन्त्रालयका अनुसार १० हजार ९९४ जना आइसोलेसनमा छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३५ हजार ७३१ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ३१ हजार ४१ पीसीआर परीक्षण गरिएको छ ।