मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्युनिष्टले आज रूनेलाई जेल हाल्दैछन् : देउवा

कम्युनिष्टले आज रूनेलाई जेल हाल्दैछन् : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जितेपछि रून पाइँदैन भनेर आफूले पहिले नै भनेको स्मरण गर्दै आज रूनेलाई जेल हाल्ने काम भइरहेको बताएका छन् ।

“मैले भनेको थिएँ कम्युनिष्टले जितेपछि रून पाइन्न भनेको थिएँ आज किन रोइस् भनेर सरकारले जेल हाल्दैछ, त्यो कोरोनाले रोएको होस् कि खान नपाएर,” उनले भने । 

हेटौंडामा भएको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले सर्वसत्ताबादका लागि आफूहरु नलडेको स्पष्ट पार्दै जनता कम्युनिष्ट सरकारबाट वाक्क भएको बताए ।