मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारमा जानै पर्‍यो भने बहुमत लिएर जान्छौं : प्रवक्ता शर्मा

सरकारमा जानै पर्‍यो भने बहुमत लिएर जान्छौं : प्रवक्ता शर्मा

सुदूर आज

काठमाडौं । काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अबको निर्वाचनमा बहुमतसहित सरकारमा जाने बताएका छन् ।

सरकारविरूद्ध देशव्यापी प्रदर्शनका क्रममा हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्न पुगेका शर्माले काङ्ग्रेस सकियो भन्नेहरूलाई जवाफ दिन पनि सडक प्रदर्शन गर्नुपरेको बताए ।

उनले सरकारले कोरोनाविरूद्ध काम गरोस् भनेर एकमुष्ठ पचाल लाख रुपैयाँ लगेर खातामा हालिदिएको स्मरण गर्दै नेकपा नेतृत्वको सरकारले काम गर्न नसकेको पनि बताए ।

उनले धनमाया गुरूङजस्ता पात्रहरूले किन उपचार पाएनन् भनेर जवाफ खोज्न सडकमा आएको बताए ।

सूर्यबहादुर तामाङहरू सडकमा किन मर्नुपर्‍यो ? उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्छन् कि चिन्दैनन् भनेर बुझ्न सडकमा आएको पनि बताए ।