मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारलाई सडकबाटै ठेगान लगाउने गगन थापाको चेतावनी

सरकारलाई सडकबाटै ठेगान लगाउने गगन थापाको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारभित्र षडयन्त्रमा रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् ।

धनगढीमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् । “कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौँ,” थापाले भने, “सरकार संसदबाट भाग्यो ।

बालुवाटारभित्र बसेर षडयन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकामा आएका हौँ । अब फर्केर यसै जाँदैनौं ।” उनले सरकारलाई हावादारीको संज्ञा पनि दिए ।

“मुखले भ्रष्टाचार गर्दिन भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,” उनले भने, “सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।”