मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम पुगेर कांग्रेस नेता एनपी साँउदले के भने ?

अछाम पुगेर कांग्रेस नेता एनपी साँउदले के भने ?


अछाम । नेपाली कांग्रेसका नेता एनपी साँउदले नेकपाको सरकारले देशमा भ्रष्टचार गर्न बाहेक अरु केही गर्न नसकेको आरोप लगाएका छन । पूर्व मन्त्री समेत रहेका कांग्रेस केन्द्रिय सदस्य साँउदले नेकपा सरकारको सरकार भ्रष्टचारमा तिप्त रहेको उल्लेख गरे ।

नेपाली कांग्रेस अछामले जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्न अछाम पुगेका नेता साँउदले जनता भोकभोकै सड्कमा हुदाँ पनि सरकारले बेवास्ता गर्दै हिडेको आरोप लगाए ।

उनले भने यो सरकार बिसंगती, विकृती, अर्कमण्यता, सर्वसत्तावाद र अधिनायकबाध तर्फ उन्नमुख छ यसको प्रतिवाद गर्न हामी सड्कमा आर्लिनु परेको छ ।

कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरको सभापतित्वमा भएको कार्यक्रममा एक फरक प्रसंगमा बोल्दै नेता साँउदले कांग्रेसका पालामा भएका विकास निर्माणले अहिले पूर्णता पाएको भन्दै नेकपा सरकारले जस आफुले लिने गरेको बताए ।

सुदूरपश्चिम प्रदेशमा भएको सबै क्षेत्रको विकासको श्रेय कांग्रेसलाई जान्छ उनले भने कम्नियूष्ट सरकार पार्टीको आन्तरिक झगडामा ब्यस्त छ । कार्यक्रमका बिशिष्ट अथिति पूर्व मन्त्री गोविन्द बहादुर शाहले नेकपा सरकारले जनतालाई दुख दिने मात्र काम गरेको उल्लेख गरे ।