मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देश निर्माण युवाहरुबाटै सम्भव छ : कांग्रेस महामन्त्री कोईराला

देश निर्माण युवाहरुबाटै सम्भव छ : कांग्रेस महामन्त्री कोईराला


बुटवल । नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोईरालाले नेकपाको सरकारले ३ बर्ष भन्दा बढी भईसक्दा पनि सिन्को समेत भाँच्न नसकेको आरोप लगाएका छन् । अहिलेका प्रधानमन्त्रीमा देश बनाउने कुनै सपना नभएको उनको आरोप थियो ।

नेपाल जेसिजको ४७ औँ राष्टिय महाधिबेशन उद्घाटन गर्न प्रमुख अथितिको रुपमा भलवारी पुगेका महामन्त्री कोईरालाले कांग्रेसले मात्रै देशमा ठुलो परिर्वतन गर्न सफल भएको स्मरण गरे । कांग्रेसले आफ्नो पालामा देशमा मेडिकल कजेल, बिश्वबिद्यालय, सड्कको विस्तार गर्ने काम गरेको बताए ।

प्रतिनिधी सभा सदस्य समेत रहेका कांग्रेस महामन्त्री कोईरालाले नेपाल जेसिजले गर्ने काम एकदमै प्रशंनसिय रहेको बताए । कोभिडको समयमा जेसिजले गरेको काम सरकार भन्दा बढी प्रभावकारी भएको बताए ।

साथै उनले देश निर्माण र उत्थान पनि युवाहरुबाटै हुने बिश्वास गर्दै यूवाहरुलाई सक्षम बनाउनु पर्नेमा जोड दिए । सो कार्य जेसिजले गरेकोमा खुशी व्यक्त गरे ।