अछाम । जिल्लाको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरालाई कोरोना संक्रमण भएको छ । बोहरालाई बुधबार प्राप्त रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टी भएको नगरपालिकाले जनाएको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकामा पछिल्लो २ साता यता संक्रमणको दर उच्च रहेको थियो ।
कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएपछि नगर प्रमुख बोहरा होम आईश्वलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।
पछिल्लो समयमा जिल्लामा स्वास्थ्यकर्मी, संचारकर्मी र जनप्रतिनिधीलाई कोरोना संक्रमण देखिन थालेको छ ।
प्रतिक्रिया