मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल जेसिज बर्ष २०२१ को नयाँ नेतृत्वको लागि भोली भोटिङ हुदैँ

नेपाल जेसिज बर्ष २०२१ को नयाँ नेतृत्वको लागि भोली भोटिङ हुदैँ


  • सागर बिस्वकर्मा
सागर बिस्वकर्मा

बुटवल । नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनको दोश्रो दिन आज पनि विभिन्न कार्यक्रमको कार्यतालिका रहेको छ । दोश्रो दिन बिहिबार आज नेपाल जेसिजको साधारण सभा अन्र्तगत दोश्रो भाग ककस हुने भएको आथित्यता शाखा भलवारी जेसिजले जनाएको छ ।

भलवारी जेसिजका महाधिबेशन सचिव सागर बिश्वकर्माका अनुसार ककसको संयोजन निवर्तमान राष्टिय अध्यक्ष महेश पौडलले गर्नेछन् । आजको कार्यतालिका अनुसार साधारण सभा तेश्रो पनि हुनेछ भने भोटरका लागि रजिष्टेशन बन्द हुने सचिव बिश्वकर्माले बताए । बिहिबार नै ओराटोरी कन्टेष्ट र सिनेटर बैठक पनि सकिने सचिव बिश्वकर्माले जानकारी दिए ।

महाधिबेशनको तेश्रो तथा महत्वपूर्ण दिन चुनावका लागि भोटिगं सुरु हुनेछ । बिहान ८ बजे सुरु भएर बेलुका ५ बजेसम्मका लागि समय सिमा तोकिएको छ । ४ वटा एरिया अन्र्तगत छुट्टा छुट्टै हलमा भोटिगंको लागि बुलेटको व्यास्था गरिएको महाधिबेशन सचिव सागर बिश्वकर्माले बताए ।

एक अध्यक्ष पदका लागि ३ जना जेसी अरुणेश्वर खनाल, सिनेटर रविन पोखरेल र जेसी लामनी भण्डारी चुनावी मैदानमा छन् भने कार्यकारीणी उपाध्यक्षका लागि १७ जना र उपाध्यक्षका लागि ४३ जना प्रतिष्पर्धा गर्दैछन् ।

महाधिबेशनको बुधबार नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोईरालाले उद्घाटन गरेका थिए । नेपाल जेसिजको आयोजना तथा भलवारी जेसिजको आतिथ्यतामा भईरहेको महाधिबेशनले वर्ष २०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

नेपाल जेसिजका देशरभरीमा १५७ शाखा रहेको छन् । जेसिजले युवाभित्र भएको प्रतिभालाई उजागर गर्दै सफल युवा नेतृत्व प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएको छ ।