मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ महिनापछि सुरु भयो नेपाल-भारत नियमित उडान

९ महिनापछि सुरु भयो नेपाल-भारत नियमित उडान


काठमाडौं । नेपाल-भारतबीच नौ महिनापछि आजबाट नियमित हवाई उडान सुरु भएको छ । नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली उडान गरेको छ । गत चैतमा लकडाउन गरिएयता दुई देशबीच सीधा हवाई हुन सकेको थिएन ।

अहिले पनि दुई देशका नागरिक मात्रै उड्न पाउने गरी हवाई सेवा सुरु गरिएको हो । नेपाल एयरलाइन्सको ए-३२० जहाजले बिहान ११:२० बजे उडान गरेको हो । एयरलाइन्सले नेपालबाट १४१ यात्रु लिएर भारत उडेको हो ।

नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार विमानले इकोनोमितर्फ १३५ र बिजनेस क्लासतर्फ ६ जनालाई लिएर भारत उडेको हो । भारतबाट आउने यात्रुको संख्या पनि राम्रै रहने उनले बताइन् । नेपाल एयरलाइन्सले अब दैनिक एक उडान काठमाडौं-नयाँदिल्ली-काठमाडौं गर्नेछ ।

यस्तै भारतबाट एयर इन्डियाले नयाँदिल्ली-काठमाडौं-नयाँदिल्ली उडान गर्नेछ । नेपाल र भारतबीच ‘एयर बबर’ स्किममा नियमित उडान सुरु भएको हो । यो स्किमअनुसार दुवै देशका विमान कम्पनीले दुई देशका नागरिकलाई मात्रै सेवा दिन सक्नेछन् । -फाइल तस्बिर