मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल लाईफद्धारा मृत्यु दाबी रकम आफन्तलाई हस्तान्तरण

नेपाल लाईफद्धारा मृत्यु दाबी रकम आफन्तलाई हस्तान्तरण


अछाम : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमा गरेबापत मृतकका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ५ मा कम्पनीले स्वर्गीय गुप्तप्रसाद ढुंगानाकी श्रीमती प्रमिला ढुंगानालाई बीमा दाबी वापत रकम रु ५ लाख १५ हजार १ सय ९३ रुपैयाँको चेक मगलसेन उप शाखा प्रमुख पदम बहादुर थ्यायतले घरमै पुगेर एक कार्यक्रमका बिच हस्तान्तरण गरे।

उप शाखा कार्यालय मंगलसेन अछाममा हस्तान्तण गर्दे प्रमुख थ्यायतले मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको बताए । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्ने गरेको उहाँले बताउनु भयो । जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय भएको उनले बताए ।

त्यसअघि हिजो पन्चदेबल बिनायक नगरपालिका वडा नम्बर २ मा मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरिएको थियो । परिवारलाई बीमा दाबी वापत ८ लाख ४९ हजार ५ सय २० रुपैयाँ को चेक मृतकको श्रीमती राधिका शाहीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो ।

बिमा गर्नु भएका बिमित जनक बहादुर शाहीले ४ लाख १० हजार रुपैयाँको सुरक्षित जिवन बीमा अन्तर्गत वार्षिक प्रिमियम पहिलो किस्ता वापत १९ हजार १ सय ७४ रुपैयाँ भुक्तानी गरेका थिए ।

बिमित शाहिको साउन २९ गते आगलागीबाट घाइते भएर उपचारको क्रममा काठमाडौंमा भदौ १० गते निधन भएको थियो । बिमितका अाफन्तलाई पन्चदेवल विनायक नगरपालिका उप प्रमुख अम्बिका चलाउनेले हस्तान्तरण गर्नु भएको थियो ।