अछाम : जिल्ला प्रशासन कार्यालय अछामले चिसो समय सुरु भएसँगै न्यानो लुगा वितरण अभियानको सुरुवात गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त सामाग्रि जिल्लाका गरिब, बिपन्न, असहाय नागरिकलाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए।
अभियानको सुरुवातसगै जिल्ला कारागारका कैदीहरुको लागि १ रोल म्याट र एउटा त्रिपाल, जिल्ला प्रहरी कार्यालयका थुनुवाहरुको लागि १ रोल म्याट र एउटा त्रिपाल र सेवा लिन आएका सेवाग्राही तुर्माखाँदका ६७ वर्षीया काला बुढालाई १ थान न्यानो कम्मल वितरण गरिएको प्रजिअ उपाध्यायले बताए।
रामारोशन गाउँपालिकामा विभिन्न वडाका ४९ जनालाई न्यानो कपडा, थाल, कचौरासहित ९ किसिमका सामग्रीहरु भएको राहत किट समेत वितरण गरिएको छ ।
स्थानिय सरकारको सिफारिसको अाधारमा सेवाग्राहिलाई कम्मल वितरण अभियानको थालनि भएकाले तत्काल ४ सय थान कम्मल वितरण गरिने प्रजिअ उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया