मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल जेसिजमा अध्यक्षका ५ जना उम्मेद्धवारको समर्थन जेसी अरुणेश्वरलाई

नेपाल जेसिजमा अध्यक्षका ५ जना उम्मेद्धवारको समर्थन जेसी अरुणेश्वरलाई


अरुणेश्वर भन्छ्न म विजयीको नजिक छु


नेपाल जेसिजको बर्ष २०२१ का लागि राष्टिय अध्यक्ष पदका उम्मेद्धवार सिनेटर रबिन पोखरेले आफ्नो उम्मेद्धवारी फिर्ता लिदैँ जेसी अरुणेश्वर खनाललाई सर्मथन गरेका छन् । अध्यक्षको दौडमा मैदान उत्रिएका पोखरेलले आफ्नो सर्मथन खनाललाई दिएको बताएका छन् ।

२०२१ का लागि खनाल नै साझा उम्मेद्धवार भएकाले सबैले उहाँलाई मत दिन रविनले आग्रह गरेका छन् । नेपाल जेसिजलाई एक नयाँ उचाईमा पर्याउन यसपटक साझा रुपमा अघि बढेको पोखरेलले बताए ।

यसअघि अध्यक्ष पदका अन्य ४ जना उम्मेद्धवारहरुले पनि आफ्नो उम्मेद्धवारी फिर्ता लिदैँ खनाललाई समर्थन गरेका थिए । अब चुनावी मैदानमा खनाल ५ जनाका साझा उम्मेद्धवारका रुपमा प्रस्तुत भएका छन् भने उनी संग प्रतिष्पर्धामा जेसी लालमणी भण्डारी मात्र बाँकी रहेका छन् ।

सुदूरआजलाई संक्षिप्त प्रतिक्रिया दिदैँ खनालले अब आफु जितको नजिक रहेको उल्लेख गरे । सबै ५ जनाको उम्मेद्धवारको सर्मथन मिलेको छ खनालले भने म बिजयीको नजिक छु । अब सबैको साझा उम्मेद्धवार भएकाले सबैका भावनालाई कदर गर्दै अघि बढ्ले र बिश्वास साथमा लिन दृढ रहेको खनालको भनाई छ ।