अछाम : सामाजिक सेवामा अग्रसर रहदै आएको कञ्चनपुरमा गठन भएको अछाम समाजले अछामका क्रीकेट खेलाडी सहयोग गरेको छ ।
महेन्द्रनगरमा आयोजना गरिएको प्रधानमन्त्री प्रदेश स्तरिय क्रीकेट प्रतियोगितामा भाग लिन कंचनपुर पुगेको अछाम जिल्लाको क्रीकेट टोलिलाई शुक्रबार महेन्द्रनगरमा हुने फाइनल खेलका लागि शुभकामना दिन तथा खेलाडीहरुको मनोबल बढाउन अछाम समाज कंचनपुरले सहयोग गरेको समाजले जनाएको छ ।
समाजका अध्यक्ष गोबिन्द स्वारको अध्यक्षतामा र प्रदेश सभा सदस्य एव पुर्व राज्यमन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा खेलाडीलाई सहयोग तथा सम्मान कार्यक्रम गरिएको हो ।
खेलाडीलाई प्रोत्साहन स्वरुप प्रदेश सभा सदस्य एवं पुर्व राज्यमन्त्री रावलले नगद ५ हजार र समाजको तर्फबाट बाट रु ५ हजार १ सय गरि जम्मा १० हजार १ सय अछाम टीमका ब्याबस्थापक तथा समाजका उपाध्यक्ष उपेन्द्र कुवँरले बताए । सहयोग तथा सम्मानले सम्पुर्ण खेलाडीको मनोबल उच्च भएको अछाम क्रिकेट टिमका कप्तान अनिल कुवरले बताए ।
विगत लामो समयदेखि अछामको क्रिकेट खेलाडीको लागि लागिपरेको बताउदै कुवरले आर्थिक सहित आवश्यक खेल सामाग्रीको अभाब जहीले पनी झेलिरहेकाले संस्थागत तथा ब्यक्तिगत रुपमा भईरहेको सहयोगले मनोबल बढदै गएको बताए । शुक्रबार बैतडीसँग हुने फाईन खेलका लागी अफ्नो टिम पुर्ण रुमा फिट रहेकाले उच्च मनोबलका साथ मैदानमा उत्रने प्रंतिक्रिया दिएका छन ।
प्रतिक्रिया